६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

आइतबार नेप्सेमा ३ लाख ६४ हजार कित्ता बोनस सेयर सूचिकृत


२० असार, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ९.१९९८ प्रतिशत बाेनस बापतकाे ३ लाख ६४ हजार ४ सय ४८ दशमलव ३५ कित्ता सेयर सूचिकृत भएको हाे ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ नगर गरि कुल ९.६८२९४४ लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार १७:१७