४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मनकामना स्मार्ट लघुवित्तको आईपीओ पाउने संभावन न्युन, अहिलेसम्म कति पर्यो आवेदन ?


२० असार, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ पाउने संभावन न्युन हुँदै गइरहेको छ । निष्काशन तथा बिक्री  खुल्ला भएकाे चौथो दिनमा लघुवित्तको आईपीओमा १६ लाख भन्दा बढीले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतबार बिहान ११ बजेसम्मको तथ्याङ्क अनुसार १६ लाख १२ हजार ९०१ आवेदनबाट २ अर्ब १२ करोड ७० लाख रुपैयाँ बराबरको २ करोड १२ लाख ७० हजार ३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताकाको ५८.५१ गुणा बढी हो ।

संस्थाले बिहीबारदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागी छुट्याइएको छ ।

शेयर इच्छुक लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै शेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो ।

शेयर निष्काशन गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउछ । सो रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुने छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फत समेत आइपिओमा आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार ११:४७