४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आइतबार पनि बढ्यो सुनको मुल्य, कति पुग्याे ताेलाकाे ?


२० असार, काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज सुनकाे मूल्य तोलामा २ सय रूपियाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रूपियाँमा काराेबार भइरहेको छ ।

त्यस्तै, तेजावि सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय र तेजावि सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार ११:२८