१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नुवाकोटको विदुरमा पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

२८ असार, नुवाकोट ।  नुवाकोटको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजेश तिमिल्सिनाका छोरा रञ्जित तिमिल्सिना रहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

खेल्ने क्रममा खाल्टोको पानीमा डुबेका बालकलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार १८:०९