४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ गतेदेखि


१८ असार, काठमाडौँ । सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ गतेदेखि सुरू हुने भएको छ । सिर्जना फाइनान्सलाई प्राप्ति गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकीकृत कारोबार असार २६ गतेबाट सुरु गर्ने भएको हो । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै कम्पनीलाई असार १५ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीकाे जेठ २७ गते सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार १७ गते स्वीकृती प्रदान गरेकाे थियाे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकै नामबाट एकीकृत कारोबारको सुरु गरिने बैंकले जनाएको छ । बैंकले सिर्जना फाइनान्सलाई १ः०.९५ सेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो । प्राप्तिपश्चात सिर्जना फाइनान्सको १०० कित्ता सेयर हुनेले सिटिजन्स बैंकको ९५ कित्ता सेयर पाउनेछन् । त्यस्तै, प्राप्तिपश्चात बैंकको चुक्तापूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात् बैंकको रजिष्टर्ड कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १ नारायणहीटी पथमा रहनेछ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १६:२०