४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लुम्बिनी जनरल इन्स्याेरेन्सको संस्थापक सेयर बिक्रीमा


१८ असार, काठमाडाैँ । लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । इन्स्याेरेन्स  कम्पनीले एक सूचना प्रकाशन गर्दै प्रतिकित्ता ४ सय २१ रूपैयाँ ६३ पैसा दरमा १ लाख १६ हजार ४ सय ६४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएकाे जानकारी दिएकाे छ ।

सर्वप्रथम कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे ३५ दिनभित्र आवश्यक कागजपत्र सहित आवेदन दिन आग्रह गरेको हो । साे अवधिमा सेयर खरिदका लागि कसैकाे पनि आवेदन नपरेमा बीमा समितिकाे निर्देशन तथा प्रचलित कानुन बमाेजिम संस्थापक बाहेकका अन्य व्यक्ति तथा संगठित संस्थाहरूलाई सेयर बिक्री गरिने इन्स्याेरेन्स कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १५:२१