४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एचआईडीसीएलले साउन ५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने


१८ असार, काठमाडौँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ५ गतेदेखि १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीको हकप्रद सेयरमा साउन ५ गतेदेखि साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हकप्रद सेयरमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

कम्पनीले हकप्रद निष्कशन प्रयोजनार्थ गत जेठ २८ गते बुक क्लोज गरिसकेको छ । त्यसैले जेठ २७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिनसक्नेछन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १२:५४