५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शुक्रबार पनि बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


१८ असार, काठमाडाैँ । शुक्रबार सुनकाे मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा काराेबार भएकाे छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा काराेबार भइरहेको छ।

बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा काराेबार भएको थियो। शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार चाँदी अघिल्ले दिनकै मूल्य अर्थात प्रतितोला १३१० रुपैयाँमा काराेबार भइरहेको छ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार ११:२७