७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नेप्सेमा नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन


१८ असार, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर समायोजन भएको छ । नेप्सेले १५.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो । कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४२९ रुपैयाँ तोकिएको छ ।

कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य १ हजार ६५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आज आइतबार नेप्सेमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

कम्पनिले असार ३१ गते २५ औं साधारण सभा बोलाएको छ । साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १५.५ प्रतिशत अर्थात २० करोड ४२ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.८२५ प्रतिशत अर्थात १ करोड ७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी साधारण सभाले बोनस शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल गर्ने कम्पनिले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १०:४४