१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

राउटे युवतीमाथि अश्लिल क्रियाकलाप गर्ने तीनैजना पुर्पक्षका लागि जेल चलान

१६ असार, काठमाडाैँ । राउटे समुदायका युवतीलाई होटलमा अश्लिल क्रियाकलाप गर्ने तीनैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। बुधबार उनीहरूलाई कारागार चलान गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ। न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले तीनैजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हाे ।

राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई  प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुव्र्यवहार गर्ने गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुनलाई कारागार चलान गरिएको हो। उनीहरूलाई प्रहरीले जेठ २३ गते पक्राउ गरेको थियो।

प्रकाशित मिति : June 30, 2021 at 6:16 pm