१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बुधबार पनि घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

१६ असार, काठमाडाैँ । बुधबार पनि सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा काराेबार भएकाे छ । त्यस्तै,  बुधबार तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा काराेबार भइरहेको छ।

मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा काराेबार भएको थियो। बुधबार चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२९० रुपैयाँमा काराेबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३०० रुपैयाँमा काराेबार भएको थियो।

प्रकाशित मिति : June 30, 2021 at 11:30 am