मंगलबार घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
१५ असार, काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ । सोमबार छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ । आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । मंगलबार पनि चाँदीको मूल्य १३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : १५ असार २०७८, मंगलवार ११:३४