१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माणका लागि नाटककार मल्लद्वारा आर्थिक सहयोग

२७ असार, काठमाडाैँ ।  वरिष्ठ नाट्यकार अशेष मल्लले सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माणका लागि सहयोगस्वरुप रु एक लाख प्रदान गर्नुभएको छ । उहाँले उक्त सहयोग रकम आज श्वेता फाउण्डेशनलाई हस्तान्तरण गर्नुभयो ।

सिन्धुपाल्चोक जिल्लाको वडा नं ४ को माझी बस्तीमा ५३ वटा घर बनाउने कार्यक्रम रहेको फाउण्डेशनले जानकारी दिएको छ । वरिष्ठ नाटककार नानी थापाको आफ्नै निर्देशनमा निर्मित नाटक २०७४ भदौ र असोजमा प्रदर्शन गरी उठेको रकम फाउण्डेशनलाई प्रदान गरिएको हो ।

प्रकाशित मिति : २७ असार २०७५, बुधबार २२:०४