१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

चीनद्धारा एशिया प्रशान्त क्षेत्रका मुलुकसँग बीआरआईबारे छलफल

१० असार, काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)सँग केन्द्रीत रहेर चीनले नेपालसहित एशिया प्रशान्त क्षेत्रका मुलुकका परराष्ट्र र अर्थमन्त्रीहरुसँग उच्चस्तरीय छलफल गरेको छ । उक्त छलफलमा नेपालका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सहभागिता जनाउनुभएको छ ।

सम्मेलनमा चीनका राष्ट्रपति सी चिन फिङले लिखित सम्बोधन गर्नुभएको छ। सीले आठ वर्षयता १४० वटा मुलुकले चीनसँग “बेल्ट एण्ड रोड”को साझा निर्माणसम्बन्धी सहकार्य सम्झौतामा हस्ताक्षर गरेको बताउँदै आकस्मिक कोरोना भाइरस महामारीको सामना गर्न एकले अर्कालाई सहायता दिएको बताउनुभयो । “बेल्ट एण्ड रोड”लाई निरन्तर रुपमा अगाडि बढाएको बताउँदै सीले अन्तर्राष्ट्रिय समाजलाई विश्वास र शक्ति दिएको र विश्वको महामारी प्रतिरोध सहकार्य तथा आर्थिक पुनरुत्थानका लागि महत्वपूर्ण योगदान गरेको बताउनुभयो।

सीले चीनले विभिन्न पक्षसँग “बेल्ट एण्ड रोड”को अझै घनिष्ठ साझेदारी सम्बन्धको निर्माण गर्ने, एकता तथा सहयोग र साझा विकास बाटो हिँड्ने र मानव भाग्य समुदायको सिर्जना गर्न अगाडि बढाउने कुरामा जोड दिनुभयो।  सम्मेलनलाई सम्बोधन गर्नुभएको अर्थमन्त्री पौडेलले कोरोना महामारीलाई पराजित गर्नका लागि विश्वव्यापी सहकार्य, एकता र ऐक्यवद्धता आवश्यक पर्ने बताउनुभयो ।

प्रकाशित मिति : June 24, 2021 at 10:18 am