८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्ने


९ असार, काठमाडाैँ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले तेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभामा लघुवित्तकाे साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ ।  संस्थाकाे असार ८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार लघुवित्तकाे साधारण सभा असार ३१ गते संस्थाकाे केन्द्रिय कार्यालय बनेपा काभ्रेपलाञ्चाेकमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

संस्थाले हालको जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमकाे साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव गरेको हो । सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरूमा  छलफल गरी पारित गरिनेछ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १३:०६