४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


९ असार, काठमाडाैँ । बुधबार सुनकाे मूल्य ताेलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा काराेबार भएकाे छ । मंगलबार सुनकाे मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १२९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार ११:२१