३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

५२ एसपी र ५७ डिएसीको एकै पटक सरूवा (सूचीसहित)


८ असार, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले ५२ एसपी र ५७ डिएसपीको सरूवा गरेको छ । मंगलबार प्रधान कार्यालयले सरूवाको सूची सार्वजनिक गरेको छ । अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुखको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा एसपी अजय केसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । यस्तै भक्तपुर प्रहरी प्रमुखमा एसपी शिवकुमार श्रेष्ठको सरुवा भएको छ । यस्तै दानबहादुर कार्कीको कपिलवस्तु र रमेश थापाको कास्की प्रहरी प्रमुखमा सरुवा भएको छ । त्यस्तै ५७ डिएसपीको पनि सरूवा भएको छ । सरूवा सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार २१:४९