१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

समाजसेवीद्वारा मन्दिरलाई उन्नाइस किलोको मूर्ति दान

२७ असार, इलाम । इलामका समाजसेवी डम्बर खड्काले माइजोगमाई गाउँपालिकामा रहेको एक मन्दिरलाई १९ किलो ग्रामको धातुको मूर्ति प्रदान गर्नुभएको छ ।

नेपाली काँग्रेसकाे महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका उहाँले माइजोगमाई गाउँपालिका–१ नयाँ बजारमा रहेको बालागुरु शिवालय धामलाई सो मूर्ति दान गर्नुभएको हो ।

करीब रु एक लाख १० पर्ने मूर्ति उहाँले मन्दिर व्यवस्थापन समितिका सहसचिव शिव निरौलालाई प्रदान गर्नुभएको छ । मन्दिरलाई मूर्ति दान गर्न पाएकोमा खुशी व्यक्त गर्दै खड्काले मन्दिरलाई आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्दिरका सचिव याम रसाइलीले खड्काले गर्नुभएको मूर्ति दानले आफूलाई थप काम गर्न हौसला मिलेको बताउनुभयो । इलामको रेडियो चियाबारीका अध्यक्ष समेत रहनुभएका खड्काले जिल्लामा रहेका विभिन्न मठ मन्दिर, चर्च, गुम्बाका साथै असाहय असत्तलाई समेत सहयोग गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : २७ असार २०७५, बुधबार १३:५४