३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

मंगलबार नेप्सेमा ९ लाख २० हजार कित्ता बोनस सेयर सूचिकृत


८ असार, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ ।नेप्सेमा नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ९ लाख २० हजार २ सय ५० दशमलव ७९ कित्ता सेयर सूचिकृत भएको हाे ।

आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेही बाेनस सेयर नेप्सेमा सूचिकृत भएको हाे ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १३:०९