१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्तको मूल्य समायोजन

८ असार, काठमाडाैँ ।  मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। मंगलबार नेप्सेमा नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएकाे हो।

नेप्सेमा नागरिक लगानी कोषको ९ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कोषको मूल्य ३ हजार ७४३ रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, नेपाल एग्रोको १४ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजन पश्चात लघुवित्तको शेयरमूल्य ५४९ रुपैयाँ कायम गरिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा सेयरमूल्य समायोजन गरेको हो। सोमबार दोस्रो बजारमा कोषको शेयर प्रतिकित्ता ४ हजार ८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने नेपाल एग्रोको ६२६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असार १८ गते साधारण सभा बोलाएको छ।

त्यसैगरी, नेपाल एग्रोले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने तथा इन्फिनिटी लघुवित्तले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न असार २१ गते नै साधारण सभा बोलाएको छ।

प्रकाशित मिति : June 22, 2021 at 10:59 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/