१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

त्रिविको मानविकी संकायको विद्यावारीधि प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)


४ असार, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ एमफिल-विद्यावारीधि तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिविको मानविकी संकायको डीन कार्यालयले शुक्रबार नतिजा सार्वजनिक गरेको हो । गत चैत्रको २८ गते भएको प्रवेश परीक्षामा उतीर्णय भएकाहरूले यही असार २२ गतेसम्म सम्बन्धित विभागमा भर्ना गर्नुपर्ने डीन कार्यालयले जनाएको छ ।

डीन कार्यालयले असार १० देखि २२ सम्म भर्नाको मिति तोकेको छ । डीन कार्यालयले स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्रको र त्रि.वि.ले प्रदान गर्ने समकक्षताको प्रमाणपत्र पेश नगरेका आवेदकहरूको परीक्षाफल स्थगन गरिएको जनाएको छ । डीन कार्यालयमा प्रमाणपत्र पेश गरेपछि मात्र ती आवेदकहरूको नतिजा प्रकाशन गरिने सूचनामा जनाइएको छ । त्यस्ता प्रमाणपत्र बुझाउन सक्नेहरूले असार २० गते ३ बजेभित्र तोकिएका प्रमाणपत्र पेश गर्न सक्नेछन ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १८:३७