१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

प्रभु बैंकको ऋणपत्र बाँडफाँड

१ असार, काठमाडाैँ । प्रभु बैंक लिमिटेडकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ । बैंकले जेठ ११ गतेदेखि जेठ २६ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे हाे। बैंककाे ऋणपत्रमा आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई जेठ ३१ गते बाँडफाँड गरिएकाे बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।

बैंकले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नाममा प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियाे । बैंककाे ऋणपत्रकाे बिक्री प्रबन्धक मेगा क्यापिटल रहेकाे छ ।

प्रकाशित मिति : June 15, 2021 at 1:54 pm