१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

जीवन विकास लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डबाट पायाे अनुमति

१ असार, काठमाडाैँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ७७ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ। बोडर्को जेठ ३० गतेको निर्णय अनुरार संस्थालाई आईपिओ निष्काशनको अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ । संस्थाले गत बर्ष फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा निवेदन पेश गरेको थियो ।

संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता प्राथमिक साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति आएको हो ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।  कम्पनीले जम्मा पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो ।

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित मिति : June 15, 2021 at 10:29 am