११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन विषय पढाउने अनुमति पायो


१ असार, हेटाैँडा ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन विषय पढाउने अनुमति पाएको छ । बागमती प्रदेश सरकारले स्थापना गरेको प्रतिष्ठानले पहिलो वर्ष नै तीन विषय अध्यापन गराउने अनुमति पाएको मुख्यमन्त्री डोरमणि पाैडेलले जानकारी दिनुभयो । मुख्यमन्त्री पाैडेलले सामाजिक सञ्जाल मार्फत चिकित्सा शिक्षा आयोग अध्यापन अनुमति प्रदान गरेको बताउनुभएको छ ।

आयोगले स्नातक पब्लिक हेल्थ (BPH) को २० सिट, स्नातक फार्मेसी ( Bpharm) र ल्याव टेक्नोलोजिष्ट ( Bsc MLT) ३०-३० सिटको अनुमति दिएको छ । केही दिनअघि प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आयोगको बैठक बसेको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ०८:५८