१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

४२.७२ अंकले बढ्याे सेयर बजार, १८ अर्ब ८८ करोड बढीकाे काराेबार

३१ जेठ, काठमाडाैँ । सोमबारको नेप्से परिसूचकले तीन हजार विन्दु पार गरेको छ । आज नेप्से परिसूचकले यसअघिको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेको हो। आज नेप्से परिसुचक ४२.७२ अंकले बढेर ३०२५.८३ को विन्दुमा उक्लिएको छ। नेप्सेले चुमेको यो हालसम्मकै उच्च विन्दु हो।  नेप्से परिसुचक ४२ अंकले बढ्दा कारोबार रकममा भने केहि कमि आएको छ । आज कारोबार रकम केहि घटेर १८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.६० अंकले बढेर ५५०.०१ विन्दुमा पुगेको छ । सोमबार कुल २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर १ लाख ७५ हजार ४११ पटक किनबेच हुँदा कुल १८ अर्ब ८८ करोड ४० लाख माथिको कारोबार भएको छ । आज बैंकिङ्ग, होटल तथा पर्यटन, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानीका समूहहरु बढेका छन् भने व्यापार, विकास बैंक, हाइड्रो, माइक्रो फाइनान्स, म्युचुअल फण्ड लगायतका समूहहरु घटेका छन् ।

प्रकाशित मिति : June 14, 2021 at 4:05 pm