हकप्रद सेयर निष्कासन गर्न शिखर इन्स्योरेन्स र एक्सेल बैंकले मागे धितोपत्र बोर्डसँग अनुमति
३० जेठ, काठमाडाैँ । हकप्रद सेयर निष्कासनका लागि शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन पेश गरेका छन् । शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकले चुक्तापुँजीको ३० प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन पेश गरेका हुन् । शिखर इन्स्योरेन्सले हकप्रद निष्कासनको अनुमति माग्दै जेठ २५ गते र एक्सेल बैंकले जेठ २७ गते धितोपत्र बोर्डमा आवेदन दिएका हुन।
एक्सेल बैंकले धितोपत्र बोर्ड २४ लाख ३३ हजार ३६३.६७ प्रतिशत हकप्रद निष्कासनको लागि अनुमति मागेको छ। यो १०० अंकित दरको कुल २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँबराबरको रहेकाे छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ। शिखर इन्स्योरेन्स र एक्सेल बैंककाे हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : June 13, 2021 at 2:25 pm









