आइतबार घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
३० जेठ, काठमाडाैँ । आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा काराेबार भइरहेको छ।
शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे भने तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा काराेबार भएको थियो। आज चाँदीकाे मूल्य स्थिर रहेकाे छ । शुक्रबार प्रतितोला १३७० रुपैयाँमा काराेबार भएकाे चाँदी आज पनि साेहि मूल्यमा काराेबार भएकाे छ ।
प्रकाशित मिति : June 13, 2021 at 11:54 am









