१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

अर्काको अाँखा फुटाउने धादिङका एकबहादुर खड्कालाई आठ वर्ष कैद, तीन लाख जरिवाना

२५  असार, धादिङ । जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका–१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्कालाई आठ वर्ष कैद गरी रु तीन लाख जरिवाना गर्ने फैसला गरेको हो ।

अभियुक्तबाट जरिवाना तिरेको रकम पीडितलाई दिने गरी फैसलामा उल्लेख गरिएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो । एकबहादुरले २०७४ कात्तिक १० गते सोही स्थानका ६६ वर्षीय रुद्रबहादुर परियारलाई कुटपिट गरेका थिए । पीडितलाई टाउकोमा पछाडिबाट कुटपिट गर्दा दुवै आँखा झरेको छ ।

प्रकाशित मिति : July 10, 2018 at 6:39 am