२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

यसकारण कांग्रेस र माओवादीको घोडा बन्न चाहन्छन माधव नेपाल


-हरिहर पोखरेल

लेखक पोखरेल ।

सरकार चलाइरहेको नेकपा एमाले पार्टी भित्रको अन्तरद्वन्द्व चर्कन थालेको करिव डेढ वर्ष हुन थाल्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदानै देखिएको एमाले भित्रको अन्तरबिरोधमा तात्कालिक नेकपाको अर्को घटकका माओवादीका नेता पुष्पकम दाहाल प्रचण्डले एमाले भित्रको अन्तरबिरोधलाई आफ्नो पक्षमा ल्याएर के पी ओलीलाई दुबै पदबाट हटाइ तात्कालिक नेकपालाई कब्जा गर्न खोजेका थिए ।

तर राजनितिका परिपक्व खेलाडी के पी ओलीले पूर्व एमालेका माधवकुमार नेपाल,  झलनाथ खनाल आदी प्रचण्डको मोर्चामा पुगेपछि एकता भएको पार्टीमा आफू र पूर्व एमाले पङ्ती रक्षात्मक अवस्थामा पुगेको बुझेर अत्यन्त बुद्दिमतापूर्वक लोकतान्त्रिक बामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा एमालेलाई जोगाउने काम के पी ओलीबाट भएको छ । त्यसक्रममा संसद बिघटन जस्ता बाध्यात्मक घटनाक्रम पनि भएका छन । अहिले अन्य विषयतर्फ अन्य बिबिध आयामतर्फ चर्चा नगरौँ ।

अहिले चर्चा गर्न खोजेको विषय भनेको एमाले भित्र पछिल्ला दिनहरुमा भएको वक्तव्य अन्तरबिरोध र त्यसका देखाएका तस्विरहरुको बारेमा हो । सर्वप्रथम नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के पी ओलीले अन्तरबिरोध अन्त्य गर्न आह्वान गरेको प्रस्तावको सारबस्तु के हो ?

१. नेकपा एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अगाडी बढाइने छ भन्नुको अर्थ नेकपा एमालेका संगठन नवौँ महाधिवेशनबाट निर्वाचित संगठनात्मक अवस्थामा फर्कनु हो । पहिलो बुँदामा उल्लेख भए अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को केन्द्रीय कमीटी भएका ०७५ जेठ ३ गतेको एकताबाट आएका स्थाइ कमीटी सदस्य केन्द्रीय सदस्य अन्य पार्टीमा नगएको अवस्थामा एकताको भावना अनुसार तत्तत् स्थानमा व्यवस्थापन गर्ने भन्ने हो । यो कुरा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेको एमालेलाई कहाँनेर घाटा हुन्छ ?

२. अन्य जनसङ्गठनहरु पनि यहि सिद्धान्तमा आधारित भएर क्रियाशिल हुनेछन अर्थात जेठ ३ पूर्वको अवस्थामा पूर्व एमाले सङठनहरू र एकतामा आएका अन्य कमरेडहरूको तत्तत् व्यवस्थापन हुने भन्ने कुराले कसैको ब्यक्तिगत स्वार्थमा ठेस पुग्ला तर पार्टीलाई नोक्सान होइन फाइदै पुग्छ ।

३. माथिका सङठनात्मक क्षेत्रमा कहिँकतै समस्या भएमा दुबै पक्ष सम्मिलित मौजुदा कार्यदलले समस्या समाधान गर्ने छ । यसमा माधव नेपाल पक्षले कार्यदलमा भएका आफ्नै पक्षका युवा नेताहरुको बिश्वास गर्न नसकेको देखिन्छ । नत्र यसमा असहमति हुनुपर्ने कुनै कारण छैन ।

४. अर्को महत्वपूर्ण कुरा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री हटाएर विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन गैरसंसदीय तरिकाले गैरदलीय चरित्रबाट सर्वोच्च अदालतमा बिपक्षीसँग मिलेर रिटमा प्रयोग गरिएका २३ जना एमालेका पूर्व संसदको हस्ताक्षर फिर्ता गरौँ अन्तरबिरोध हटाऔँ भन्ने कुरा बिशुद्ध एमालेको भविष्यँग जोडिएको विषय हो । यसलाई पनि अश्विकार गर्नु भनेको नेकपा एमाले प्रतिको मोह भङ्ग भएर अन्य अदृष्य शक्तिहरुसँगको मोहमा फसेको नभएर अरु हुनै सक्दैन ।

५. अन्तरबिरोधको समयमा भएका सम्पूर्ण तितामिठा कुरामा कुनै पूर्वाग्रह नराखी कुनै भेदभाव नगरी एकताबद्ध भएर अगाडी बढ्ने लिखित प्रतिबद्धता के नराम्रो कुरा हो र ?

यी माथिका बुँदाहरू नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री के पी ओलीले अन्तरबिरोध अन्त्य गरेर पार्टी एकता मजबुत बनाउन र सम्भावित विभाजनबाट नेकपा एमालेलाई जोगाउन अगाडी सार्नुभएको प्रस्तावका मुलभूत कुरा हुन । अब हेरौँ माधव समूहबाट उपरोक्त प्रस्ताव अस्वीकार गर्दै अगाडि ल्याइएका कुराहरूको मुलभूत सारसंक्षेप ।

१. जेठ २४ गतेको वक्तव्य अनुसार उहाँहरू रामबहादुर थापा लगायत एकता प्रक्रियामा माओवादीबाट आएका नेतालाई एमालेमा राख्न चाहनु हुन्न । यसमा उहाँहरूको चाहनाले भन्दा पनि प्रचण्डको बदला भावको चाहना बलियो देखिन्छ ।

२. पटक-पटक के पी ओलीले जेठ २ मा फर्कन मानेनन् फर्के पार्टी एक हुन्छ भन्ने रटान उहाँहरूको पक्षका कार्यकर्ता अल्झाउने गतिलो उपाय रहेछ भन्ने प्रष्ट भयो । त्यस उपायबाट आफ्ना पक्षका तलैसम्मका कार्यकर्ता मुलधारमा नलाग्नु भन्ने थियो त्यो भ्रम हिजोका मितिसम्म केहिहदसम्म कायम रह्यो । अब कार्यकर्ताहरूले मुलधारमा फर्किने अभियान शुरू हुन्छ । कोहि पनि कार्यकर्ता आफ्नो राजनीतिक भविष्य समाप्त पार्न चाहदैन । अनि हिजोको एमाले विभाजनको इतिहास भोगेकै कार्यकर्ताको अहिले बाहुल्यता छ ।

३. वक्तव्यमा प्रयोग गरिएका शब्द तिनीहरूको संयोजनबाट बनेका वाक्यहरुबाट उहाँहरूको पहिलो प्रथमिकता नवौँ महाधिवेशनबाट निर्वाचित आफ्नै पार्टी अध्यक्ष के पी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर प्रमुख विपक्षी नेता देउवालाई प्रधानमन्त्री बनाउनु हो । त्यसका लागि उहाँहरूले आफ्ना पक्षमा त्यतिबेला भएका केहि सांसदको हस्ताक्षर बुझाइसक्नु भएको छ ती हस्ताक्षर आवेशमा बुझाइएको होइन नियोजित रुपले बुझाएको भन्ने ठाउ स्थापित नै भैसकेको छ ।

४. दोस्रो प्राथमिकता आफ्ना पक्षमा बचेका कार्यकर्ता लिएर नयाँ पार्टी खोल्नु हो । यसको लागि उहाँहरूले धेरै पहिलेबाट सम्भव भएजति जिल्ला प्रदेश र जनवर्गीय सङ्ठनमा समानान्तर कमीटी बनाइसक्नु भएको छ । ४० प्रतिशत पुराउनु पर्ने कानुनी अड्चन भएर भात्र हो नत्र नयाँ पार्टी घोषणा भै सक्थ्यो भन्ने कुरा पनि वक्तव्यमा छर्लङ्ग देखिन्छ ।

५. तेस्रो प्रथमिकता नयाँ पार्टी प्रचण्डसँग एकीकरण गरेर लैजानु हो । नेकपामा हुँदादेखि जब माधव र प्रचण्डको के पी ओली बिरोधी मोर्चा बनेर ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी हटाइयो त्यस बेलादेखिको मोर्चा हिजोसम्मको वक्तव्यमा कायमै छ ।

६. अर्को रहस्यमय कुरा जब एमाले एक हुने भयो भन्ने हुन्छ तव माधव प्रचन्ड देउवा एक ठाउमा कुन शक्तिले र कुन कमिट्मेण्टले ल्याउँछ ? हिजो यहि वक्तव्य निकाल्दा समेत कोटेश्वर खुमलटार हुँदै देउवा निवास पुगेर मात्र करेक्सन हुँदैहुँदै साँझ मात्र सार्वजनिक गरिएको छ ।

७. आफ्ना सयौँ भर्भराउँदा एमाले युवा कार्यकर्तालाई अलपत्र पार्दा नैतिकतामा समस्या नहुने सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता गर्दा नैतिक संकट पर्ने कस्तो नैतिक बन्धन हो अर्को रहस्यमय कुरा छ । यसको दीर्घकालीन उद्देश्य नेपालको बामपन्थी आन्दोलन तहस नहस पार्नु भोलिको आन्दोलन हाक्ने सम्भावना बोकेका युवा पुस्तालाई आन्दोलनबाट निरास र बिमुख बनाउनु निस्कृय पार्नु र उनीहरूले टेकेको साङठनिक आधारभूमी राजनीतिक आधारभूमि निमिट्यान्न पार्नु नै हो ।

८. वक्तव्यमा भएका कुनै पनि कुरा पार्टी एकताको पक्षमा सकरात्मक छैनन् । जस्तै जालझेल, भ्रम सिर्जना, गुटगत स्वार्थ, स्वच्छाचारी, अलमल्याउने भाषा, मनपरी गर्ने नियत, अन्यौल सिर्जना, दुराशाय, छलछाम, षडयन्त्रपूर्ण, निहीत उद्देश्य, असल नियत नभएको जस्ता बिभूषणले भरेर आन्दोलनलाई बदनाम गर्ने अविश्वासनीय बनाउने नयाँ पुस्तालाई यो आन्दोलनमा प्रवेशनै गर्न नदिने गम्भीर रहस्यमय षडयन्त्रमा जानेर या नजानेर चाहेर या नचाहेर स्वार्थवस फस्नु भएको छ यसबाट उम्किन उहाँहरुलाई अत्यन्त मुस्किल छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १९:४०