१५ जेष्ठ २०८१, मंगलवार | Tue May 28 2024

नुवाकोटमा अर्किड बोर्डिङको बसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


२५ वैशाख, नुवाकोट । नुवाकोटमा अर्किड बोर्डिङको बसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका ८ शिरखालीमा मंगलबार स्कुल बसमार मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तीलक भारतीले दैनिकीलाई जानकारी दिए । उनले दुर्घटनामा दुई जना घाइते भएको बताए ।

देवीघाटबाट काशीटारतारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बसमा सोही दिशामा जाँदैको वाग्मती प्रदेश ०२-०४६प १५२९ र वाग्मती प्रदेश ०२-०४४प ३६९२ नम्बरको मोटरसाइकल अपरान्ह ५ बजेतिर ठोक्किएको थियो ।

डिएसपी भारतीका अनुसार दुर्घटनामा काठमाडौं बस्ने २७ वर्षीय रुविन रावल र ललितपुर बस्ने २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाइएको छ । दुर्घटनाका सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १९:०३