६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नेप्सेले गर्यो एक कम्पनीको सेयर कारोबार रोक्का


२५ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले धितोपत्र कारोबार स्वच्छ राख्नका लागि कम्पनीको कारोबार रोक्का गर्ने निर्णय गरेको जनाएको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) लाभांश वितरणको अन्तरिम लाभांश घोषणा गरेको थियो ।

उक्त निर्णय कम्पनीले सोही दिन नेप्सेलाई जानकारी गराएको थियो तर वैशाख २५ गते पुनः उक्त लाभांश रद्द गर्ने निर्णय गर्दै कम्पनीले सोको बारेमा नेप्सेलाइ जानकारी गराएको छ ।

कम्पनीले पटक पटक सूचना परिवर्तन गरेकाले धितोपत्र सूचीकरण  विनयमावली २०७५ को विनियम १६(१)(ग)मा भएको व्यवस्था अनुरुप नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १४:०४