१५ जेष्ठ २०८१, मंगलवार | Tue May 28 2024

सर्वसाधारणलाई १४ लाख कित्ता आईपीओ निष्कासन गर्दै लक्ष्मी टेक्नो प्लाष्ट


२५ वैशाख, काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि आगामी जेठ १६ गते विशेष साधारण सभा  बोलाएको छ । सो सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तथा कम्पनीको चुक्तापूँजी बढाउने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले सर्वसाधारणका लागि १४ करोड रुपैयाँ बराबरको रु.१०० अंकितदरमा प्रिमियम मूल्य थप गरी १४ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १०:५४