२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

गाडी दुर्घटना प्रकरणः काँग्रेस सांसद कार्कीका छोरा रविन पक्राउ

२३ जेठ, विराटनगर । कार दुर्घटना गराएर फरार रहेका प्रदेश सांसद विन्दिया कार्कीका छोरा रविनलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति भएको दुर्घटनापछि फरार काँग्रेस सांसद विन्दियाका छोरा कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रत्यक्षदर्शीको वयान र घटनास्थलमा भेटिएको प्रमाणका आधारमा कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा कार रविनले नै चलाएको देखिएकाले पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयाे ।

बिहीबार राती साढे सात बजे प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो। त्यस्तै, मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए।

 

प्रकाशित मिति : June 6, 2021 at 5:57 pm