११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा राष्ट्र बैंकले गर्याे कटौती

२१ जेठ, काठमाडाैँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे हकप्रद नेपाल राष्ट्र बैंक लिमिटेडले परिमार्जन गरेर स्वीकृत गरेकाे छ ।  बैंकको माघ १६ गते सम्पन्न १९ औँ वार्षिक साधारणसभाले १ः२ अनुपातमा हकप्रद निष्कासन गर्ने मुख्य अजेण्डा पारित गरेको थियो। सोहीअनुसार बैंकले हाल कायम चुक्तापुँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः२ अनुपातमा हकप्रद निष्कासन गर्न राष्ट्र बैंकको स्वीकृति मागेको थियो।  नेपाल राष्ट्र बैंकले भने जेठ २० गते  १:१ काे अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएकाे हाे ।

बैंकले यसअघि आफ्ना लगानीकर्तालाई माघ १३ गतेदेखि फागुन ३ गतेसम्म १:१ अर्थात १ कित्ता सेयर बराबर १ को अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे ।

प्रकाशित मिति : June 4, 2021 at 1:49 pm