११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

रसुवामा निषेधाज्ञा १० दिन थपियाे

२० जेठ, रसुवा । काेराेना सैक्रमितकाे संख्या बढ्दै गएपछि रसुवामा थप १० दिनका लागि निषेधाज्ञा थपिएकाे छ । जिल्लास्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) को बिहिबार बसेको बैठकले पुन १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेकाे हाे । रसुवामा जेठ ३ गते बाट निषेधाज्ञा जारी गरिएकामा काेराेना संक्रमितकाे संख्या निरन्तर बढेकाले थप १० दिन अर्थात जेठ ३१ गते राति १२ वजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले जानकारी दिनुभयाे ।

निषेधाज्ञाको समयमा खाद्य वस्तु तथा पशुपंछीका दाना, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुग्ध डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामाग्री लगायतका अत्यावश्यक पसल व्यवसाय बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न दिइएको छ । औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरु भने २४ सै घण्टा खुल्ला रहेका छन् ।

निषेधाज्ञाको उलङ्घन गर्ने, आदेश पालना गर्ने कार्यमा अवरोध गर्ने, औषधि, औषधिजन्य सामाग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपुर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा सहज आपुर्तिमा अवरोध गर्ने गराउने कार्य गरेमा स्थानिय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने समेत जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

प्रकाशित मिति : June 3, 2021 at 4:38 pm