२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

त्रिविका रोकिएका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी


२० जेठ, काठमाडाैँ । गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउनकाे अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताउनुभयाे । बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आ -आफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १२:१३