२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

निःशब्द र निस्तेज श्रद्धाञ्जलीका अक्षरहरू

-देबकी आचार्य “इरानी चरा”

निःशब्द र निस्तेज श्रद्धाञ्जलीका अक्षरहरू
मुहार पुस्तकका पाना भरी छरिएका बेला
अश्रुधारले धरती भिजेको बेला ।
बेमोसमी असिना र पानीले बालीनाली खाएको बेला
सूर्यनै संक्रिमित भएको बेला
धर्तिनै निष्तेज भएको बेला
चन्द्रमाको सितलता नै हराएको बेला

कुर्सी र व्यक्तिगत इख अनि तछाड र मछाडले
राष्ट्र, राष्ट्रियता र धर्तिमातालाई नै विर्सिएका बेला
कसलाई के थाहा कालो अन्धकार रातमा लडिएको बेला
नकारात्मक सोचले मस्तिस्क गलेको बेला
भाइ फुट्दै गर्दा गवार लुटाउने र लुट्नेको लर्को
बजारभरी छरिएको बेला
मातृभूमि र आमाको छातिमा नै लात हान्नेहरु बढेको बेला
आशा र भरोसाको दियो कहाँ खोजौँ खै ।
जंगल नै डढेल्लो लागेको बेला ।

तर !
सकारात्मक र सत्यता मरेको छैन
अझै पनि आश ढलेको छैन,
विश्वासको दिप जलिरहेको बेला
धर्तिबाट कोभिड परास्त भएको बेला
सूर्य पनि संक्रमितबाट मुक्त भएको बेला
राजनेताहरुमा मिलनको दियो बलेको बेला
मन भित्र गुम्सिएका राष्ट्र र राष्ट्रियताको मूल फुटेको बेला
भाइ फूटाएर गवार लुटाउनेहरु पत्तासाप भएका बेला
मेरो राष्ट्र र मेरोदेशको गरीमा
बीर गोरखालीको इतिहास र सगरमाथा भन्दा उच्च रहेको बेला
यस गौतम बुद्धको भूमिमा शान्तिको दिप बलेको बेला
नेपाल आमा एक पटक फेरी मुस्कुराउनेछिन्
र !
गर्व गर्नेछिन् आफ्ना सन्तान प्रति ।
गर्व गर्नेछिन् आफ्ना सन्तान प्रति ।

(आचार्य गण्डकी प्रदेशको प्राज्ञ परिषद् सदस्य हुनुहुन्छ ।)

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार ०९:१२