१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियाे

१७ जेठ, काठमाडाैँ । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ।ऋणपत्रमा आवेदन दिने समय थप गरि जेठ २६ गतेसम्म पुर्याइएको छ । प्रभु बैंकले जेठ ११ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशनमा ल्याएको हो।जसमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको छ।

सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० कित्ता बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १५ लाख ९७ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। प्रभुले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गरेको हो । यसमा बैंकले वार्षिक ८.५% ब्याजदर दिनेछ । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित मानिन्छन् । लगानीकर्ताले ऋणपत्र खरिदका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : May 31, 2021 at 2:10 pm