५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलव १५ हजार पुग्यो


१५ जेठ, काठमाडाैँ । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुर्‍याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिनुभएकाे हाे । हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरिएको भन्दै उहाँले न्यूनतमभन्दा कम भएकाे रकम सम्वन्धीत स्थानीय उपलब्ध गराउने बताउनुभयाे ।

सरकारले बालबालिकाको दिवा खाजाका लागि ८ अर्ब ७३ करोड रुपैयाँ छुट्याएको पनि उहाँले जानकारी दिनुभयाे । सरकारले आधारभूत तहमा विद्यार्थी भर्नादर यस वर्ष सतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको समेत उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १७:५७