११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

देशभरका छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड, विद्यालयमा नि:शुल्क इन्टरनेट


१५ वैशाख, काठमाडाैँ । सरकारले देशभरका छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड दिने भएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पाैडेलले देशैभरका विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड दिने घोषणा गर्नुभयो । उहाँले यसका लागि ४ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।

त्यस्तै सबै सामुदायिक विद्यालयमा नि:शुल्क रुपमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने र विद्यार्थीको नियमित स्वास्थ्य जाँच गर्ने बताउनुभयो । उहाँले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १७:४६