५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

ल्यापटप किन्न चाहने विद्यार्थीलाई ८० हजार ऋण


१५ जेठ,, काठमाडाैँ । सरकारले ल्यापटप किन्न चाहने विद्यार्थीलाई ८० हजार ऋण दिने भएको छ । शनिबार बजेट भाषण मार्फत अर्थमन्त्री विष्णु पाैडेलले ल्यापटप किन्न चाहने विद्यार्थीलाई ८० हजार ऋण दिने घोषणा गर्नुभएको हो ।

उहाँले सार्वजनिक संस्थामा उच्च शिक्षा पढ्ने विद्यार्थीले ल्यापटप किन्ने चाहने विद्यार्थीलाई ८० हजार रुपैयाँसम्म एक प्रतिशत ब्याजदरमा ऋण दिइने उल्लेख गर्नुभएको हो । उक्त ऋण दुई वर्षभित्र तिरे हुनेछ । १६ वर्ष भन्दामाथिका विद्यार्थीलाई निःशुल्क सिम कार्ड दिइने छ ।

यस्तै निषेधाज्ञा अवधिभर मासिक २० युनिटसम्म बिजुली खपत गर्नेलाई शुल्क नलिइने बजेटमा उल्लेख छ । यस्तै एक सय ५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र दुई सय ५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ । होटल, चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको डिमान्ड शुल्क छुट दिने उल्लेख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १७:१८