५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने


१५ जेठ, काठमाडाैँ । शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याजमा २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्ण प्रसाद पौडेलले शनिबार बजेट भाषण मार्फत शैक्षिक ऋण दिने घोषणा गर्नुभएको हो । उहाँले ५ प्रतिशत व्याजमा २५ लाख सम्म प्रमाणपत्र धितो राखेर ऋण दिने बताउनुभो ।

यस्तै सरकारले अक्सिजन उद्योगका लागि विद्युतमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । अर्थमन्त्रीले अक्सिजन उद्योगहरूका लागि कोरोना अबधिभर विद्युत महशुलमा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभयो । यस्तै सरकारले निजामति कर्मचारीलाई १० दिन भ्रमण बिदा दिने भएको छ । सरकारले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गर्नुभएको हो । अर्थमन्त्री पाैडेलले आन्तरिक पर्यटन प्रवद्भन गर्न यस्तो नीति लिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १७:०६