११ जेष्ठ २०८१, शुक्रबार | Sat May 25 2024

भौतिक रुपमा एसईई परीक्षा हुने सम्भावना न्युन छः शिक्षामन्त्री श्रेष्ठ


१० जेठ, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताउनु भएकाे छ । उहाले परीक्षाका लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी दिनुभयाे ।

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने बताउनुभयाे । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सो जानकारी दिनुभएकाे हाे। संगठनका अध्यक्ष ऐन महर सहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाउनु भएकाे थियो ।

सो क्रममा मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने उल्लेख गर्दै भने,‘सबै परीक्षाको विषयमा चाडै निर्णैय गर्नेछौ ।’

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार १६:२८