३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

प्युठानको अमृत जिवन माध्यमिक विद्यालयका ४२ विद्यार्थी पढ्दा पढ्दै बेहोस

२२ असार, प्यूठान । उत्तरी प्युठानको गौमुखी गाउपालिका वडा नम्बर ७ नारिकोट स्थित अमृत जिवन माध्यमिक बिद्यालयमा बिद्यार्थीहरु पढ्दा पढ्दै एक्कासी बिहोस हुन थालेपछि शिक्षक तथा अबिभावकहरु चिन्तीत बन्न थालेका छन् । लगातार दुई हप्ता देखि बिद्यार्थीहरु कक्षा कोठा भित्रै बेहोस हुन थालेपछि शिक्षक, बिद्यार्थी तथा अबिभावकहरु नै चिन्तामा परेका हुन् ।

असार ७ गते देखि सामान्य रुपमा देखिएको यो समस्या बढ्दै गएको स्थानिय दान बहादुर सुनार शम्सेरले नेपाल समाचारपत्रलाई जानकारी दिए। उनका अनुसार ‘आज मात्र ४२ जना विद्यार्थी बिहोस भएका छन् । कक्षा ३ देखि ७ सम्मका १० देखि १५ बर्ष उमेर समुहका किश्वरकिशोरिमा उक्त समस्या देखिएको छ । बेहोस मध्ये अधिकाशं किशोरीहरु छन ।’ उनले भने।

बेहोस हुँदा शरिर कांप्ने, पेट दुख्ने, रिंगटा लाग्ने र बेहोस भए पछि चिच्याउने कराउने र मान्छे नचिन्ने समस्या देखा परेको बिद्यालयले जनाएको छ । बिद्यालयमा बिरामी परेका सबै जसो किशोर किशोरीहरुमा एउटै लक्षण देखीएको घटनास्थल पुगेका प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले टेलिफोनमा जानकारी दिए।त्यति ठूलो संख्यामा विद्यार्थीहरु एक्कासी बेहोस भएर ढलेपछी प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेसहित स्वास्थकर्मीको एक टोली घटनास्थलमा पुगेको छ। थप बिबरण आउन बाँकी छ।

प्रकाशित मिति : July 6, 2018 at 5:16 am