२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सशस्त्र प्रहरीका पाँच एआईजीको राजिनामा, यस्तो छ कारण

–माधव तिवारी

२१ असार, काठमाडौं । सशस्त्र प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी)ले बिहीबार राजीनामा दिएका छन् । पाँचै जना एआईजीले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालमार्फत गृह मन्त्रालयमा राजिनामा बुझएका हुन । राजिनामा दिने एआईजीहरुमा सुवोध अधिकारी, जानकीराज भट्टराई, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ रेहका छन् । एआइजीहरुको राजीनामा महानिरीक्षक खनालले गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन् ।

एआइजीहरुले राजिनामा दिनुको खास कारण खुलेको छैन । एआइजी जानकी भट्टराईले दैनिकीसँग कुरा गर्दै आफ्नो राजिनामा स्वच्छिक भएको र अरुको बारेमा जानकारी नभएको बताए । सरकारले हिजोमात्रै देउवा सरकारको सबै नियुक्ति बदर गर्ने निर्णय गरेको थियो त्यही कारण राजिनामा दिनु भएको हो भन्ने दैनिकीको प्रश्नमा उनले त्यस्तो निर्णयको बारेमा आफूलाई कुनै जानकारी नभएको भन्दै राजिनामा स्वच्छिक भएको बताए ।

सरकारको निर्णय र एआइजीको राजिनामा सम्बन्धित छ भनेर समाचारहरु आएपछि दैनिकीले सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटासँग जिज्ञासा राख्दा राजिनामा गर्न सबै स्वतन्त्र भएको बताए । उनले सरकारको निर्णय हिजै स्पष्ट रुपमा राखेको बताए ।

सरकारले हिजो २०७४ भदौ १४ गते यता नेपाल सरकारका बिभिन्न मन्त्रालयष्का अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदि संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीतिक नियुक्ति एवम् मनोनयन खारेज गर्ने निर्णय गरेको थियो ।

एअाइजीहरूको नियुक्ति नभइ बढुवा रहेका कारण राजिनामाको कारण संशस्त्र प्रहरीको नयाँ संघीय नीति हुन सक्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

–सशस्त्र प्रहरी बलको संघीय संरचना तयार, सीमा सुरक्षा पोष्ट हटाइने

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १९:१६