१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको सेयर कारोबार रोक्का

३१ वैशाख, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको सेयर कारोबार रोक्का भएको छ ।

नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको हो। दुई बैंकबीच हिजाे बिहिबार एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे थियाे ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १६:०४