२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चारजना पक्राउ

२१ असार, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमबहादुर थापालाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले होटल, रेष्टुराँ र डान्सबारमा गई रकम असुल्ने तथा झैँझगडा गर्ने गरेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १६:२०