१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

घुस खाएर भिएलनका श्रेष्ठलाई धरौटीमा छाडेको अभियोगमा न्यायाधीश बस्नेतमाथि छानविन सुरु

२० असार, काठमाडौँ । प्रधानन्यायाधीशका छोराको सेटिङमा घुस खाएर भिएलएनका सञ्चालक राम श्रेष्ठलाई न्युन धरौटीमा छाडेको अभियोग लागेका काडमाडौँमा जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेतमाथि छानविन सुरु भएको छ ।

न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतमाथि छानबिन सुरु गरेको हो । मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा ३ अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दामा न्युन धरौटी लिएको प्रकारणमा उनीमाथि छानबिन गर्ने निर्णय भएको हो ।

बुधबार बसेको न्यापरिषदको बैठकले छानबिन गर्न न्यायपरिषदका सदस्यहरु पदम वैदिक र रामप्रसाद सिटौलालाई जिम्मा दिइएको छ । कराेडाैँ रूपैयाँ घुस खाएर म्यानपावर व्यवसायी राम श्रेष्ठलार्इ धराैटीमा छाडेको भन्दै न्यायाधीश माथि नै छानविनको माग गर्दै उजुरी परेको छ । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश अमृबहादुर वस्नेतविरुद्ध घुस खाएर न्याय सम्पादनमा विचलित भएको भन्दै न्याय परिषदमा उजुरी नै दर्ता भएको छ ।

वस्नेतले भि.एल.एन. नेपालका सञ्चालक राम श्रेष्ठविरुद्ध मलेसिया जाने कामदारलाई अनावाश्यक रकम असुल गरेको र आँखाको रेटिना, सबै अम्लाको ल्याप्चे र मुखाकृति लिएर मलेसियन कम्पनीलाई बेच्ने गरेको र किटानिसाथ २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ ठगि बिगोमा सोही बराबरको जरिवाना तथा ५ वर्ष कैद सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेकोमा न्यायाधीश बस्नेतले गत जेष्ठ ३० गते अभियुक्तलाई १० लाख धरौटीमै रिहा गर्ने आदेश गरेको थिए । बस्नेतको अादेश कराेडाैँ रकमकाे घुसपछि अाएको भन्दै गत शुक्रबार परिषदमा उजुरी परेको हाे । बस्नेत यसअघि पनि न्याय सम्पादनमा विचलित भन्दै सरूवामा परेका थिए ।

यो पनि पढ्नुहोस्

–प्रधानन्यायाधीशकै छोराको सेटिङमा जिल्ला न्यायाधीशलार्इ घुस ! अभियुक्त धराैटीमा रिहा

–सेटिङमा न्यायाधीशको आदेश, भिएलएनका राम श्रेष्ठलाई फेरि थुन्न माग गर्दै उच्च अदालतमा मुद्दा

प्रकाशित मिति : २० असार २०७५, बुधबार १९:१६