६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

बिल गेट्सको सम्बन्ध बिच्छेद, २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्यको घोषणा


२१ वैशाख, काठमाडाैँ । माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्यको घोषणा गर्नुभएको छ । बीबीसीका अनुसार बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको छ ।

विश्वकै धनी व्यक्तिमध्येका एक ६५ वर्षका बिल गेट्स र ५६ वर्षका मिलिन्डाको भेट माइक्रोसफ्ट कम्पनीमै भएको थियो । दुवैले सन १९९४ मा विवाह गरेका थिए । अलग भएपछि पनि दुवैले बिल एण्ड मिलिन्डा फाउन्डेसनको काम भने जारी राख्ने  बताउनुभएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १०:२३