२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

अर्कैले लेखेको राजिनामा पत्रमा हस्ताक्षर गर्ने एमाले सांसद पाण्डे कांग्रेस प्रवेश

२० वैशाख, वुटवल । अर्कै लेखेको राजिनामा पत्रमा हस्ताक्षर गरेर संसद पद त्यागेका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँलाइ कांग्रेस उम्मेदवारको रूपमा राष्ट्रियसभाको सदस्य बनाइने सहमति भएको छ ।

पाण्डेलाइ कांग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय पनि गरिसकेको छ । सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर पाण्डेलाइ स्वागत गरेका छन ।पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले पाण्डे पुरानै घरमा फर्किएको बताउनुभयो ।

प्रकाशित मिति : 17:22